८ कात्तिक, काठमाडौं । निर्वाचनले मुलुकको अर्थतन्त्रमा सकारात्मक पार्ने देखिए पनि विकास निर्माण भने प्रभावित हुने भएको छ । मुलुक निर्वाचनमय हुँदा विकास निर्माणको कामले प्राथमिकता नपाएपछि पुँजीगत खर्च निराशाजनक देखिएको छ ।
जसको प्रभाव राजस्व संकलनदेखि आर्थिक वृद्धिसम्म पर्न सक्ने देखिएको छ ।
निर्वाचनले विकास खर्च प्रभावितलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । टहरामा बसेका भूकम्प प्रभावितको आँशु पुच्छु भन्ने खबर कारोबारमा छापिएको छ । मोनोरेलको विस्तृत अध्ययन एक वर्षभित्रलाई पनि कारोबारले लेखेको छ ।
चिनीको अन्तराष्ट्रिय मूल्य घटेको सन्दर्भमा अन्नपूर्ण पोष्ट दैनिकले किसान र उद्योगलाई समस्यालाई मुख्य समाचार बनाएको छ । स्थानीयको विरोधसँगै निर्णय परिवर्तन गर्ने तयारी भन्ने खबर अन्नपूर्णमा छापिएको छ ।
एनआइसी एसियाको सात करोड फिर्तालाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । कामदारबाट उठाएको रकम जथाभावी खर्चलाई पनि नागरिकले लेखेको छ ।
कोटेश्वर–कलंकी सडकको दुईवटा ट्रयाक पाँच महिनामा सकिनेलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । नियामकबीच समझदारी नजुट्दा मोबाइल भुक्तानी सेवा अनिश्चित भन्ने खबर नयाँ पत्रिकामा छापिएको छ ।
नेटवर्किङ व्यवसायलाई वैधता सन्दर्भमा पिरामिड शैली प्रतिबन्धितलाई अभियान दैनिकले लेखेको छ ।
प्रतिक्रिया 4