+

म नेइमारलाई चिन्छु, उनी कहिल्यै रियल मड्रिड जाँदैनन्ः स्वारेज

२०७४ मंसिर  १८ गते १७:३४ २०७४ मंसिर १८ गते १७:३४
म नेइमारलाई चिन्छु, उनी कहिल्यै रियल मड्रिड जाँदैनन्ः स्वारेज

१८ मंसिर, काठमाडौं । स्पेनिस जायन्ट बार्सिलोनाका उरुग्वेली स्ट्राइकर लुईस स्वारेजले नेइमारले कहिल्यै पनि रियल मडि्रडका लागि नखेल्ने धारणा ब्यक्त गरेका छन् ।

बार्सिलोनामा एडिडास सोरुमको उद्घाटनबाट निस्किएका स्वारेजले स्पेनिस पत्रिका मार्कासँग क्याटलोनिया स्क्वाएरमा गरेको कुराकानीका क्रममा उनले भने, ‘साँच्चै भन्दा मैले यसको सम्भावना नै देखेको छैन । मलाई थाहा छ कि नेइमार के मन पराउँछन् र बार्सिलोना र यहाँका टिममेटसँग उनको निकटता कस्तो छ । मलाई लाग्दैन उनले अब रियल मडि्रडका लागि खेल्नेछन् ।’

नेइमारको बार्सिलोना छाड्ने निर्णय ठीक थियो त भन्ने प्रश्नमा उनले जवाफ दिएका छन्, ‘नेइमार एक परिपक्व व्यक्ति हुन् र उनी आफ्नो निर्णय सोची सम्झी लिन सक्छन् । तर, हामी सबैले यो स्वीकार्नुपर्छ कि उनी अन्य चुनौतिहरुका बारेमा पनि सोचिरहेका थिए ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय