अनुहारमा अनेकन संकेत हुन्छ, जसले हाम्रो स्वास्थ्यस्थिती दर्शाउँछ । अनुहारको विभिन्न भागमा देखिने भिन्न-भिन्नै किसिमको संकेतले भन्छ, स्वास्थ्यमा कहाँ गडबडी छ ।
यसलाई थाहा पाउनका लागि के गर्ने त ? यहाँ सामान्य काइदा बताइएको छ ।
निधारको संकेत
यसले पित्ताशय वा कलेजोको समस्याका अलावा पाचनक्रियामा गडबडीतर्फ संकेत गर्न सक्छ । निधार हाम्रो स्नायु प्रणाली र पाचनतन्त्रसँग जोडिएको हुन्छ । कुनै प्रकारको तनाव वा पाचनक्रियामा गडबडीको सोझो असर निधारमा रहेका रेखाहरु वा डण्डीफोरका रुपमा प्रकट हुन्छ । सुझाव- हरेक बिहान मनतातो पानीमा कागति निचोरेर पिउनुपर्छ । भुटिएका खाना र फ्याटको मात्रा कम गर्नुस । तनावबाट टाढा रहनका लागि ध्यान वा योगा गरौं ।
आँखाको संकेत
आँखाले आन्द्रा वा जोर्नीको समस्याहरुका अलावा कलेजो-मृगौला र थाइराइडको समस्यालाई संकेत गर्छ ।
भनिन्छ आँखाले बोल्छ । त्यसैले त आँखाको रंग, त्यसमा हुने परिवर्तन, कुनै प्रकारको धब्बाले हामीलाई आफ्नो स्वास्थ्यप्रति सचेत राख्छ ।
आँखाको कालो भाग: यदि खुम्चिइरहेको छ भने त्यसको कारण जोर्नीको समस्याहरु हुन सक्छ । त्यसमा सेतो दाग देखिएको छ भने शरीरमा भिटामिनको कमि हुन सक्छ । आँखाको कालो भागको दायाँ बायाँ सेतो रिंङ देखियो भने त्यसले ब्लड सुगर र कोलस्ट्रोल बढेको संकेत गर्छ । त्यसैले यसका लागि खानामा नून वा चिनीको मात्रा कम गरौं ।
परिवर्तित रंगः आँखा यदि रातो भयो भने यसको अर्थ अटो प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ । । साथै यसले डिप्रेसनको पनि संकेत गर्छ । आँखाको पहेँलोपनका कारण कमजोर कलेजो वा कलेजोको बिमारी हुन सक्छ ।
आँखामुनि डार्क सर्कल : आँखामुनि डार्क सर्कल देखिनुले निद्रा पुरा नभएको, रगतमा आइरनको कमि, किडनीमा गडवडी आदि हुन सक्छ ।
सुझाव आँखाको पुतलीको स्वास्थ्यका लागि खानामा नुन वा चिनीको मात्रा कम गर्नुपर्छ । आँखाको रंग बदलियो भने तुरुन्तै डाक्टरलाई सम्पर्क राख्नुपर्छ । डार्क सर्कल हटाउन पानी बढिभन्दा बढि पिउनुपर्छ । खाना राम्ररी चबाएर खानुस र ६-८ घन्टा आनन्दले निदाउनुस । डेरी प्रोडक्ट र गहुँबाट केही समय टाढा रहनुस ।
अनुहारको संकेत
के हुन सक्छ स्वास्थ्य समस्या : सुस्त मेटाबोलिज्म, पोषक तत्वहरुको कमि, मुटु वा कलेजोको समस्या आदितर्फ संकेत गर्छ ।
अनुहार रंगः गालाहरुको रंग उड्नु वा गाला फुस्रो देखिनुको कारण मेटाबोलिज्मको सुस्तता, वा फोलिक एसिड र आइरनजस्ता पोषक तत्वका कमीले हुन सक्छ । यसका अलावा गाला फोक्सो वा मुटुको क्रियाहरुसँग जोडिएको हुन्छ । यसैले यिनीहरुको अवस्था गालामा झल्किन्छ जस्तो कि यदि कडा एक्सरसाइज गर्ने हो भने गाला रातो भइदिन्छ ।
कोठी, डण्डीफोरः फोक्सोको कमजोरी, हार्मोनल परिवर्तन, एलर्जी, पाचनक्रियामा गडबडी तथा रगत सुद्धिकरण ठिक नभएर पनि गालामा कोठी तथा डण्डीफोर आउँछन् । यसका अलावा फोहोर मोबाइल फोन, फोहोर तकिया र तन्ना पनि डण्डीफोरका कारण बन्न सक्छन् ।
सुझावः गालाले फोक्सोलाई दर्शाउँछ, त्यसैले गालाको गुलाबी रंग कायम राख्न चाहनु हुन्छ भने फोक्सोर्लाइ स्वस्थ्य राखौं । खानामा गुड फ्याट्सलाई समावेश गर्नुपर्छ । दैनिक श्वासप्रश्वाससम्वन्धि व्यापाम गर्नुस । मोबाइल फोनलाई सफा राखौं । लामो समय कुरा गर्नु छ भने एयरफोन प्रयोग गर्नुपर्छ । ओछ्यानको तन्नालाई सफा राखौं र अनुहारलाई बारम्बार छुनु हुँदैन ।
नाकको संकेत
के हुन सक्छ स्वास्थ्य समस्या : मुटुसम्वन्धि समस्याहरु वा फोक्सोको समस्याहरु ।
कोठी-डण्डीफोर : नाकमा आउने कोठी वा डण्डीफोरका कारण उच्च रक्तचाप वा मुटुरोग हुन सक्छ ।
रातो नाक : यदि नाक बारम्बार रातो हुन्छ वा सिगान बग्छ भने त्यसको कारण मुटु रोग, उच्च रक्तचाप वा कलेजोको समस्या हुन सक्छ ।
सुझावः खानामा फ्याटी एसिडयुक्त एभोकेडो, आलस, जैतुनको तेल आदि समावेश गरौं । र, मसलायुक्त खानाबाट टाढा रहनुपर्छ ।
जिब्रोको संकेत
के हुन सक्छ स्वास्थ्य समस्या : टक्सिनको बढोत्तरी वा कलेजोको समस्याहरु । जिब्रोमा अत्यधिक सेतो धब्बाको मतलब हो शरीरमा टक्सिनको मात्रा बढ्नु ।
के हुन सक्छ स्वास्थ्य समस्या : हार्मोनको असन्तुलन
महिनवारीका क्रममा धेरै महिलाहरुको चिउँडोको आसपास कोठी-डण्डीफोर आउँछन् । यो शरीरमा हुने हार्मोन्सको असन्तुलनका कारण हुन सक्छ ।
सुझावः तनावबाट टाढा रहनुस, भरपूर निदाउनुस र नियमित एक्सरसाइज गरौं ।
ओंठको संकेत
के हुन सक्छ स्वास्थ्य समस्या : आन्द्राको समस्याहरु, भिटामिन बीको कमी, रगतको कमी, डिहाइड्रेसन, फोक्सो वा मुटुसम्वन्धी समस्याहरु आदि ।
ओठ सुन्निनेः यसको कारण आन्द्रा सुन्निने वा जलन हुन सक्छ । यसका अलावा योउ फुड सेन्सिटिभीटीको कारण पनि हुन सक्छ ।
सुकेको ओठ : सुकेको र फुस्रो ओँठले इशारा गर्छ कि तपाईंलाई डिहाइड्रेसन, भिटामिन बीको कमी वा आइरनको कमी हुन सक्छ । ओठ यदि गुलाबी हुनुको साटो पहेलोँ हुन थाल्यो भने सम्झनुपर्छ कि शरीरमा रगतको कमि छ । कमजोर फोक्सोका कारण जब हृदयसम्म पर्याप्त अक्सिजन पुग्न सक्दैन, त्यतिबेला पनि त्यसको असर सुख्खा ओठको रुपमा देखिन्छ ।
फुटेको ओठः ओठ फुट्नुको कारण कुनै प्रकारको एलर्जी हुन सक्छ वा कस्मेटिक प्रोडक्टको साइड इफेक्ट हुन सक्छ ।
सुझावः दैनिक ८-१० ग्लास पानी पिउनुपर्छ । यो डिहाइड्रेसनका कारण होइन भन्ने लाग्छ भने डाक्टरलाई भेटौं ।
मुखको संकेत
के हुन सक्छ स्वास्थ्य समस्या : कमजोर कलेजो, डाइबिटिज, पाचनक्रियामा गडबडी, तनाव आदि ।
सासको दुर्गन्ध : यदि मुखको राम्ररी स्याहार गर्दा पनि तपाईंको सासको दुर्गन्ध छुटेन भने यसको कारण पेट खराब, अपच वा कलेजोको समस्या हुन सक्छ ।
मुख सुक्नु : मुख सक्नुको कारण धेरै हुन सक्छ । डिहाइड्रेसन, अत्यधिक अल्कोहल, धुम्रपान, आदि । त, साथसाथै यो डाइबिटिजको प्रारम्भिक लक्षण पनि हुन सक्छ ।
सल्लाहः सासको दुर्गन्धका लागि डेन्टिस्टसँग भेट्नुपर्छ भने डाइविटिज पत्ता लगाउनका लागि फिजिसियनसँग भेट्नुपर्छ ।
प्रतिक्रिया 4