+
+

दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १६ गते १८:२५

१६ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

ललितपुरको खुमलटारमा आइतबार विहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु । कांग्रेस र एमालेसँग छलफल भइरहेको छ । विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष ?’

अहिले देशमा सुशासन र विकास आवश्यक भएको भन्दै प्रचण्डले त्यसका लागि दलहरुबीच समझदारी हुन आवश्यक भएको बताए ।

सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै उनले त्यसका लागिनै आफूले पहल गरिरहेको बताए । ‘सबै दलहरु मिलेर नै देश निर्माण गर्ने हो,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने नेपालको भविष्य अप्ठेरोमा पर्छ ।’

आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?