+
+

ग्लोबल आइएमई नवनिर्मित कर्पोरेट/रजिष्टर्ड कार्यालयको समुद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १८:३७

१८ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकको ११औँ वाषिर्कोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिष्टर्ड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले मंगलबार उद्घाटन गरे ।

सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिष्टर्ड कार्यालय स्थापना गर्न सफल भएको हो ।

कर्पोरेट/रजिष्टर्ड कार्यालय समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. नेपालले स्थापनाको छोटो समयमा नै आफनै लगानीमा कर्पोरेट/रजिष्टर्ड कार्यालय खोल्न सफल भएकोमा बैंकलाई बधाई ज्ञापन गरे ।

सोहि कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाको ११ वर्ष भित्रमा नै बैंकले प्राप्त गरेका बिभिन्न सफलताहरुको श्रेय सम्पूर्ण ग्राहक महानुभावहरु, सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरुलाई दिदै आगामी दिनमा अझ उत्कृष्ठ सेवा प्रदान गर्दै जाने प्रण ब्यक्त गरे ।

उक्त कर्पोरेट/रजिष्र्टड कार्यालय समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

११ औँ वाषिर्कोत्सव कै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त ५ वटा शाखा संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ११३ पुगेको छ ।

बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्धेश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ । साथै नवनिर्मित कर्पोरेट/रजिष्टर्ड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?