+
+

रामपुरमा एमाले र माओवादी विद्यार्थीबीच झडप

कक्षा मनिटरका विषयमा झडप

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १९ गते १५:१४

१९, पुस, चितवन । माउ पार्टी एकताका लागि तयार भएकाबेला चितवनको रामपुरमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ ।

एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउँकोमा चोट लागेको छ ।

क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?