+
+

एलिना र सोहमको ‘हाम्रो नाता’

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ८ गते १४:१५

चलचित्र ‘शिवम’को प्रर्दशनका लागी बेलायतबाट नेपाल आएका नायक सोहम भेटवालले एकपछि अर्को गर्दै आफ्ना भिडियोहरु धमाधम सार्वजनिक गरिरहेका छन् । अघिल्लो हप्तामात्रै मुटुको ढुकढुकी बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका नायक सोहम भेटवालले जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

सिके प्रसाइ (रचना) को शब्द शृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले निर्देंशन गरेका हुन । एस के प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन सापकोटाले मेनहतका साथ छायाँकन गरेका हुन । निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियो हेर्दै आकर्षक छ ।

माया प्रेम अनि विछोडको कहानी समेटिएको गीतको म्युजिक भिडियोमा नायक शोहम निराह मुद्रामा देखिएका छन । गीतमा नायक शोहमसँग एलिना रायमाझीले  अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?