१६ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो अधिबेशन (प्रदेशसभा बैठक) स्थलको तयारी तीव्र पारिएको छ ।
बैठक बस्ने दिन नजिकदै जाँदा प्रदेश कार्यालयले तयारी तीव्र पारेको हो ।
प्रदेशसभाको पहिलो बैठक आउँदो माघ २१ गते दिउँसो १ बजेका लागि आव्हान भइसकको छ ।
प्रदेश सभाको पहिलो बैठक सिचाइँ विकास डिभिजिन कार्यालयको हलमा बस्ने भएको छ ।
अहिले बैठक स्थलमा कुर्सीर्हरुको मर्मतसम्भार चलिरहेको छ भने हल भित्र पेन्टिङ्गको काम भइरहेको छ ।
हलमा ४० वटै कुर्सी राख्न भनिएको छ । पुराना कुर्सीमा सिट फेर्ने काम अगाडि बढाइएको छ ।
हलको व्यवस्थापन २० गते नै गरिसक्न निर्देशन दिइएको प्रदेश कार्यालयका सचिव भरत ढुङ्गानाले जानकारी दिए ।
यसअघि प्रदेशको बैठक स्थल क्षेत्रीय शैक्षिक तालिम केन्द्रको तालिम हललाई तोकिएपनि त्यहाँ आवाज परावर्तन (इको) हुने र मर्मत तथा व्यवस्थित गर्नुपर्ने भएकोले भएकोले पहिलो बैठक सिचाइँ विकासको हलमा बस्ने उनले वताए ।
‘स्थायी रुपमा प्रदेशसभा शैक्षिक तालिम केन्द्र नै हो, त्यो तयार नहुँदा सम्मको लागि सिचाइँ विकास डिभिजिनको कार्यालयको हल रोजिएको हो ।’ ढुङ्गानाले भने ।
प्रतिक्रिया 4