+
+

एमाले–माओवादी एकता सरकार गठन अघि कि पछि ?

एकताबारे छलफल गर्न संयोजन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते ९:०२

१८ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । बैठक ३ बजे एमाले अध्यक्ष केपी शर्मा अोलीको निवास बालकोटमा बस्ने तय भएको छ । यसअघि एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने भनिए पनि पछि बालकोटमा सारिएको हो ।

बैठकमा पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टी एकता सरकार गठनअघि कि पछि भन्नेमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । साथै एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय पनि निष्कर्षमा पुगेको छैन ।

माओवादीले सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्ने र एकीकृत पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने अडान राख्दै आएको छ । तर, पद बाँडफाँट र कार्यदिशामा कुरा नमिलेकाले एमाले र माओवादी बीचको पार्टी एकता सरकार गठनपछि मात्रै हुने सम्भावना छ ।

तर, माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ भने सरकार गठनअघि नै एकता हुनुपर्ने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘एकतासम्बन्धी छलफल सकारात्मक छ, सरकार गठनअघि नै एकता हुन्छ र यो छिटै टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?