२९ माघ, विराटनगर । प्रदेश १ को सभामुखमा एमालेका प्रदीप भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकले भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सुरुमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गरेका थिए ।
सभामुखमा एक जनाको नाम मात्रै प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे । धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत भएका हुन् ।
चार वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएका उनी २०२७ सालदेखि बामपन्थी राजनीतिमा सक्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4