+
+

तस्वीरमा प्रदेश ६ का सभामुख राजबहादुर शाहीको सपथग्रहण

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ माघ २९ गते १०:३२

२९ माघ,सुर्खेत । प्रदेश ६ को दोस्रो संसद बैठकबाट सोमबार सभामुखमा निर्वाचत भएका सभामुख राजबहादुर शाहीले सपथग्रहण गरेका छन् ।
सभामुख शाहीले सोमबार अपराहन्न प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सभामुखका लागि शाहीको मात्रै उम्मेदवारी परेपछि सोमबारनै सभामुख चयन भएका हुन् । शाही दैलेख क्षेत्र नं. २ (ख) बाट एमालेका  तर्फबात निर्वाचित सांसद हुन् ।

सभामुखमा मुगुका चन्द्र शाहीले दावी गरेको भए पनि अन्तमा राजबहादुरको मात्रै उम्मेदवारी परेको थियो ।

अब फागुन ५ गते बस्ने प्रदेश संसदको बैठकले उपसभामुख  चयन गर्नेछ । उपसभामुख माअोवादी केन्द्रको भागमा परेको छ ।

लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?