१ फागुन, जनकपुरधाम । संघीय समाजवादी फोरम र राजपाले प्रदेश २ मा सरकार गठनको दाबी पेश गरेका छन् ।
दुबै दलले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थसामू बहुमत पेश गर्दै फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि बहुमतसहित आउन दलहरुलाई आहृवान गरेका थिए ।
१०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद चाहिन्छ, जुन फोरम राजपा गठबन्धनसँग छ । यहाँ फोरमको २९ र राजपाको २५ सांसद छन् ।
पर्सि बिहीबार मुख्यमन्त्रीको सपथ हुनेछ । जनकपुर चुरोट कारखानाको मैदानमा सपथ ग्रहण समारोह हुनेछ ।
सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु पनि सहभागी हुने एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4