+
+

प्रदेश सरकारले वीरगञ्जका आन्दोलनकारीलाई वार्तामा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ७ गते १४:०८

७ फागुन, जनकपुरधाम । प्रदेश २ को सरकारले वीरगञ्जका आन्दोलनकारीलाई वार्तामा बोलाएको छ । भोलि प्रदेश सरकार र संघर्ष समितिबीच वार्ता हुनेछ ।

प्रदेश राजधानीको माग गर्दै संघर्ष समिति नै बनाएर वीरगञ्जमा लगातार आन्दोलन भइरहेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जका आन्दोलनरत पक्षसँग वार्ता गर्ने जिम्मा वार्ता गर्ने जिम्मा भौतिक पूर्वधार विकासमन्त्री जितेन्द्र सोनललाई दिएका छन् । मन्त्री सोनलले अनलाइनखबरसँग भने, ‘हामी पनि आन्दोलनबाटै आएका हौं र आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्छ भनेर हामीले आहृवान गरेका छौं ।’

भोलि बिहान ८ बजे प्रदेश सरकार र संघर्ष समितिका पदाधिकारीहरुबीच वार्ता हुनेछ ।

सरकारले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेको छ । प्रदेशको स्थायी राजधानी प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा तोक्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?