+
+

प्रदेश ३ लाई समृद्ध बनाउन सघाउने अष्ट्रेलियन राजदूतको आश्वासन

राजन दाहाल राजन दाहाल
२०७४ फागुन ९ गते १२:२८

९ फागुन, हेटौंडा । प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका छन् ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलसँगको भेटमा उनले शिक्षा, स्वास्थ्यसहित जनसरोकारका बिषयमा सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको भेटवार्तामा अष्ट्रेलिया र प्रदेश नम्बर तीनबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए । नेपाल पहिलोपटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले गरेको पहिलो निर्णय अन्तर्गत टेक्निकल विषयको शिक्षालय स्थापनाका लागि अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलियामा विद्यार्थीहरुको भिड रोक्दै नेपालमै उद्यमशिलताको सम्भावनालाई अघि बढाउन दुई देशबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पौडेलले बताए ।

राजदूत बडले संघीय नेपालको पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाई दिए ।

भेटमा प्रदेश नम्बर ३ का मुख्य सचिव रेश्मीराज पाण्डेको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?