१० फागुन, हेटौंडा। छिमेकी जिल्लाका युवाहरुको सहकार्यमा मकवानपुरमा ७ करोड रुपैयाँको लगानीमा हृयाचरी उद्योग सञ्चालन भएको छ ।
मकवानपुरका दुई र छिमेकी बाराका एक युवा व्यवसायीहरुको समूहले हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडिमा उद्योग सञ्चालन गरेका हुन् ।
जिल्लामा कुखुरा पालक कृषकको संख्या बढ्दै जाँदा तत्कालै कुखुराको चल्ला सहज रुपमा नपाइने भएकाले उनीहरुले आफ्नै लगानिमा हृयाचरीसहितको पोल्ट्री र्फम सञ्चालन गरेका हुन् ।
मकवानपुरमा हप्तामा एक लाख ५० हजार चल्ला माग हुँदा छिमेकी जिल्ला चितवन र काठमाडौंमा उत्पादन हुने चल्ला सहज रुपमा नपाउँदा किसान मारमा परेको अवस्थामा उनीहरुको समूहले हप्तामा २० हजार चल्ला उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
अहिले मकवानपुरमा हप्तामा १ लाख ५० हजार चल्लाको माग रहेको बताइएको छ । उद्योगको उत्पादनले १२ प्रतिशत हिस्सा ओगट्ने उद्योगले जनाएको छ ।
हेटौंडाका व्यवसायी सुनिल अधिकारी, बिष्णु अधिकारी र बाराका तुलसी लामिछानेल साढे २ विगाह क्षेत्रफलमा उद्योग र र्फम स्थापना गरी हेटौंडा पोल्ट्री एण्ड हृयाचरी प्राली उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योगले एक महिनामा ८० हजार गुणस्तरीय चल्ला उत्पादन गर्ने र उत्पादन मकवानपुरसहित छिमेकी जिल्ला बारा, पर्सा रौतहट र चितवनका किसानमाझ पुर्याउने सञ्चालक सुनिल अधिकारीले बताए ।
दुई वर्ष अघिबाट उद्योग सञ्चालनको लागि काम थालेका उनीहरुले श्रीलंकाबाट ल्याएको क्लासिक हबवर्डबाट उत्पादित अण्डाबाट चल्ला निकाल्ने बताइएको छ ।
उनीहरुले अण्डा उत्पादनका लागि ५ हजार चल्ला प्रतिगोटा छ सय ७० रुपैयाँको दरले खरिद गरी हेटौंडा ल्याएको सञ्चालक अधिकारीले बताए ।
व्यवसाय बिस्तारको लागि थप चल्ला थाइल्याण्डबाट ल्याउने प्रकृया थालिसकिएको र आउँदो फागुनमा कप ५ सय नामको ५ हजार चल्ला आउँने बताइको छ ।
उद्योगको लगानी २० करोड सम्म पुग्नेे सञ्चालकहरुले बताएका छन् । अहिले उद्योगबाट प्रत्यक्ष रुपमा १२ जनाले रोजगारी पाएका छन् ।
प्रतिक्रिया 4