२० फागुन, काठमाडौं । कांग्रेस संसदीय दलकाे नेताका लागि दुर्इ जनाकाे उम्मेदवारी परेकाे छ । पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका हुन् ।
देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार र समर्थक मानबहादुर विक छन् ।
कोषाध्यक्ष सीतादेवी यादव सिंहको प्रस्तावक छिन् भने समर्थकमा सञ्जयकुमार गौतम छन् ।
संसदीय दलको नेतामा निर्विरोध हुन देउवाले अन्तिमसम्म कसरत गरेका थिए । तर रामचन्द्र पौडेल पक्षले देउवाको आग्रह अस्वीकार गर्दै सिंहलाई मैदानमा उतारेको छ ।
कम्युनिस्टहरूकाे बाहुल्यता रहेको संसदमा कांग्रेसकाे भूमिका सशक्त पार्न उम्मेदवारी दिएकाे सिंहले बताए । ‘नेतृत्व परिर्वतन आवश्यक छ भन्ने माग आएकाले पनि उम्मेदवारी दिएको हुँ’ उनले भने ।
दलको नेता छान्न भोलि चुनाव हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4