+

मैत्रीपूर्ण खेलमा चिलीसँग स्वीडेन पराजित

२०७४ चैत  ११ गते ६:०० २०७४ चैत ११ गते ६:००
मैत्रीपूर्ण खेलमा चिलीसँग स्वीडेन पराजित

११ चैत, काठमाडौं । विश्वकप फुटबलको तयारीमा रहेको स्वीडेन मैत्रीपूर्ण खेलमा चिलीसँग पराजित भएकोे छ । स्वीडेन घरेलु मैदानमा चिलीसँग २-१ गोलले पराजित भएको हो ।

चिलीले २२ औं मिनेटमै अर्टुरो भिडालको गोलबाट अग्रता लिएको थियो । त्यसको एक मिनेट नबित्दै स्विडेनका ओला टोइभोनले बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफको अन्तिम समयमा चिलीका लागि मार्कोस बोलाडोसले अर्को एक गोल थपेपछि स्वीडेनले हार व्यहोर्‍यो ।

स्विडेन विश्वकप फुटबलको समूह ‘एफ’ मा छ । चिलीले भने यस पटकको विश्वकपमा स्थान बनाउन सकेको छैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय