+

डीपीएलका सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बुट

२०७४ चैत  ११ गते १५:०२ २०७४ चैत ११ गते १५:०२
डीपीएलका सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बुट

११ चैत, काठमाडौं । धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल-२) क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिए ।

आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ ।

डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको सम्झौता अनुसार डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गोल्डस्टारले ९ लाख रुपैयाँ नगद र बाँकी अन्य सहयोग गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय