+
+

शारीरिक व्यायामप्रति बढ्दो आकर्षण

रामहरी ओझा  रामहरी ओझा
२०७४ चैत १२ गते १६:५४

१२ चैत्र, डोटी । डोटी जिल्ला समन्वय समितिकी उपप्रमुख सशी सोव बिहानै स्वाँ-स्वाँ गर्दै सडकमा हिन्दै गरेको भेटिइन् । उनी प्रभातकालीन व्यायामका लागि बिहानको झिस्मिसेमै घरबाट निस्केकी थिइन ।

नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर बिहानै सडकमा कुद्दै गरेका भेटिए । सोव जस्तै उनी पनि प्रत्येक बिहान सडकमै कुदिरहेका भेटिन्छन् ।

डोटी क्याम्पस डोटीमा उपप्राध्यापक डण्डीराज ओझा पनि बिहान बिहानै रेसमा लागेका भेटिन्छन् । ओझा जस्तै उपप्राध्यापकहरु होमनाथ जोशी र राजेन्द्र भट्ट पनि दैनिक मोनिङ्ग वाकमा भेटिन्छन् ।

सरकारी अधिकृतहरु, सुरक्षा निकायका व्यक्तिहरु र केही सामाजिक अगुवाहरुले मात्रै प्रभातकालीन सयर -मोनिङ्ग वाक) गर्ने गरेकामा पछिल्लो समय शारीरिक व्यायामका लागि मोनिङ्ग वाक गर्नेको संख्या बढ्दै गएको छ ।

बिहानको झिस्मिसेदेखि घाम झुल्केपछिसम्म पनि शारीरिक तन्दुरुस्तीका लागि र रोगहरु निको बनाउनका लागि प्रभातकालीन शारीरिक व्यायाम गर्नेहरुको संख्या बढेको हो ।

सडकमा कुदेर, खेलहरु खेलेर, योग गरेर, अन्य शारीरिक परिश्रम गरेर नियमित व्यायाम गर्नेहरु बढ्दै गएका छन् ।
‘बिहानको हावा पनि स्वच्छ हुन्छ, हावामा अक्सीजनको मात्रा पनि धेरै पाइन्छ भन्ने सुनेकी छु’ जिल्ला समन्वय समितिकी प्रमुख ससी सोव भन्छिन् ‘बिहान बेडमा पल्टिराख्नु भन्दा ‘मोनिङ्ग वाक” गरे राम्रै हुँदो रहेछन ।’

शारीरिक रुपमा आफुलाई तन्तुरुस्त राख्नका लागि दैनिक शारीरिक व्यायाम गर्ने गरेको बताउँछन् नेपाल पत्रकार महासंघका अध्यक्ष बलायर । उनी भन्छन् ‘अनावश्यक मोटो भएर शरीर भद्या नहोस् भन्नका लागि शारीरिक व्यायाम गर्ने गरेको छु ।’ उनी बिहानै कुद्नेदेखि अन्य शारीरिक व्यायाम पनि गर्ने गरेको बताउँछन् ।

बिहान बिहानै सयर गर्दा दिउसभरी शरीरमा पूुर्ति आईरहने बताउँछन उपप्राध्यापक ओझा । उनी भन्छन् ‘पसिना आउने गरी एक घण्टा बिहान बिहानै हिडेर नुहाउने अनि दैनिक काममा लाग्ने हो भने यसले दिनभरी शरीरलाई फुर्तिलो बनाउँदो रहेछ, कुनै आलस्यपन आउँदैन ।’ उनी मोनिङ्ग वाक गर्न सवैलाई सुझाव दिन्छन् ।

नेकपा एमाले डोटीका पूर्व अध्यक्ष नारद मलासी बिगत लामै समयदेखि प्रभातकालीन सयर गर्दै आएका छन् । बिहानै उठ्ने अनि घर छेउको पक्की सडकमा कुद्ने गरेका मलासी उमेरले ५० छुन लागेका भएपनि शारीरिक रुपमा निकै फूर्तिला छन् । आफू फूर्तिको हुनुको कारण शारीरिक व्यायाम नै भएको उनी बताउँछन् ।

शारीरिक फूर्तिलो हुनका लागि व्यायाम गर्नेहरुसँगसँगै रोगबाट मुक्ती पाउनका लागि पनि शारीरिक व्यायाम गर्नेहरुको संख्या पनि कम छैन । ‘उच्च रक्तचाप छ, डाक्टरले बिहान सधै पसिना आउने गरी हिड्नु पर्छ भनेको छ’ प्रभातकालीन सयरकै क्रममा भेटिएकी एक महिलाले भनिन् ‘मोनिङ्ग वाक गर्न थालेपछि रत्तचाप स्थिर भएको छ ।’

प्रभातकालीन सयर गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताउँछन डोटी जिल्ला अस्पतालका चिकित्सक डा. गिरीश अवस्थी । अवस्थी भन्छन् ‘मोनिङ्ग वाकले शरीरलाई तन्दुरुस्त राख्छ, मोटोपन हुन दिँदैन ।’

उनी बिहान बिहानै घुम्नु, खुला वातावरणमा स्वच्छ हावा खानु स्वास्थ्यका लागि लाभदायक भएको बताउँछन । ‘दिउसभरी पनि फूर्तिलो शरीर भइराख्छ र राती पनि निन्द्रा राम्रो लाग्छ’ डा. अवस्थी भन्छन् ‘तर नियमित रुपमा पसिना आउने गरी हिड्डुल गर्नु पर्छ ।’

उनले रक्तचापका बिरामीले चिसोबाट बच्नु पर्ने र मधुमेहका बिरामीले खाली पेटमा मोनिङ्ग वाक गर्नु नहुने सल्लाह दिए । उनी भन्छन् ‘स्वस्थ व्यक्तिले स्वस्थ रहिरहनका लागि र बिरामी व्यक्तिले आफ्नो रोग नियन्त्रण गर्नका लागि शारीरिक व्यायम गर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?