काठमाडौं । तीन वर्षअघिदेखि स्कुल पढ्न थालेकी करिश्मा मानन्धरले पीएचडी गर्ने आफ्नो योजना सुनाएकी छिन् । हालै कक्षा ९ को परिक्षा दिएको जानकारी दिँदै उनले अब आजीवन अध्ययनमै बिताउने बताइन् ।
नयाँ शक्ति नेपालकी नेतृसमेत रहेकी करिश्मा काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययनरत छिन् । उनी सातामा पाँच दिन स्कुल जान्छिन् भने दुई दिन पार्टीकोे काममा । उनलाई स्कुलले डे्रस अनिवार्य गरेको छैन ।
यसपाली दुई महिना तयारी गरेर परिक्षा दिएको बताउने करिश्माले छोरी कबिताले आफुलाई पढाइमा सिकाउने गरेको जानकारी दिइन् र
‘मलाई म्याथ अलि गार्हो लाग्छ, छोरीले सिकाउँछिन्,’ आइतबार एक कार्यक्रममा करिश्माले भनिन् ।
१४ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी करिश्मा फिल्ममा ब्यस्त भएपछि पढाइ रोक्न वाध्य भएकी थिइन् ।
प्रेरणाको स्रोत डा. भट्टराई
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले करिष्मालाई पढ्न प्रेरित गरेका रहेछन् । अध्ययन गर्न उमेरले छेक्दैन भनेर प्रेरणा दिएपछि उनीले पुनः स्कुल भर्ना गर्ने सोच बनाएकी थिइन् ।
अर्को एक दिन नयाँ शक्ति पार्टीको भेलामा एक जना पिएचडी होल्डर महिलाले करिश्माप्रति लक्षित गर्दै ‘हाम्रा पार्टीमा नपढेका बेकामे कलाकार पनि छन्’ भनेर टिप्पणी गरिन् । जुन कुराले करिश्मालाई घोच्यो । उनले तत्कालै प्रतिक्रिया दिइन्, ‘मैले चाहेँ भने तपाईले जस्तै पीएचडी गर्न सक्छु तर, तपाईंले मैले जस्तो नाम कमाउन सक्नुहुन्न ।’
करिश्मा नेपाली फिल्म उद्योगकी सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् । ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् उनले । उनको सौन्दर्य चर्चा अहिले पनि हुने गरेको छ ।
ढुकढुकी, बाबुसाहेब, फागुलगायतका फिल्मको निर्मात्री समेत रहेकी कश्मिा १४ वर्ष अमेरिका बसिन् । अमेरिकन जीवनशैलिबाट असन्तुष्ट भएर नेपाल फर्किएपछि राजनीत रि अभिनयमा सक्रिय छिन् ।
प्रतिक्रिया 4