+

स्मिथ, वार्नर र बेनक्राफ्टको प्रतिबन्ध घटाउन खेलाडी संघको माग

२०७४ चैत  २० गते १४:०० २०७४ चैत २० गते १४:००
स्मिथ, वार्नर र बेनक्राफ्टको प्रतिबन्ध घटाउन खेलाडी संघको माग

२० चैत, काठमाडौं । बल टेम्पिरिङ गरेको आरोपमा स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टमाथि लागेको प्रतिबन्धको समय कम गर्न अस्टे्रलियन खेलाडी संघले माग गरेको छ ।

क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा बल टेम्पिरिङ विवादमा परेका स्मिथ र वार्नरमाथि एक वर्ष र बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाएको छ । यसै घटनालाई लिएर टिमका प्रशिक्षक ड्यारेन लेहमानले पनि राजीनामाको घोषणा गरिसकेका छन् ।

खेलाडी संघले बल टेम्पिरिङका कारण उनीहरुमाथि लागेको प्रतिबन्ध असामान्य भएको जनाएको छ । ‘नजिरलाई आधार मानेर हेर्ने हो भने पनि उनीहरुमाथि लागेको प्रतिबन्ध धेरै हो’ अष्ट्रेलियन क्रिकेटर एशोसियसनका अध्यक्ष जर्ज डायरले भने, ‘यसमाथि पुनर्विचार गरियोस् भन्ने माग हामी राख्न चाहन्छौँ ।’

उनीहरुलाई सुधारको मौका दिनुपर्ने संघको माग छ । ‘उनीहरुलाई घरेलु प्रतियोगिताका लागि मात्र भए पनि फुकुवा गरिनु पर्छ जसले उनीहरुलाई आफूलाई सुधार्ने मौका मिल्ने छ’ उनले भने ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय