+

सर्बाधिक पुरस्कार राशीको सेभेन ए साइड फुटबल पोखरा हुने

२०७४ चैत  २९ गते १८:३८ २०७४ चैत २९ गते १८:३८
सर्बाधिक पुरस्कार राशीको सेभेन ए साइड फुटबल पोखरा हुने

२९ चैत, पोखरा । पोखरामा हालसम्मकै सर्वाधिक धनराशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

बौद्ध शान्ति क्लव, पोेखरा-१० रामघाटको आयोजनामा आउँदो बैशाख ६ गतेदेखी राष्ट्रिय स्तरको स्व.विष्णुकुमारी गुरुङ स्मृति अन्तर क्लव सेभेन ए साइड फुटवल प्रतियोगिता हुन लागेको हो । ‘युवाहरुलाई खेलकुदतर्फ आकषिर्त गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ हुने प्रतियोगिता अम्मरसिंह खेल मैदानमा हुने आयोजक बौद्ध शान्ति क्लवले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा देशका जुनसुकै क्लवले पनि भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीलेसमेत खेल्न पाउने क्लवका उपाध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए । उनले प्रतियोगितामा करीब ५० क्लवको सहभागिता रहने दाबी गरे ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख २५ हजार र उप-बिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र सर्वाधिक गोलकर्तालाई नगद ५ हजारसहित ट्रफी तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष गुरुङले जानकारी दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय