+
+

अपराध महाशाखाको जिम्मेवारी सिंहलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ४ गते १०:१३

४ वैशाख, काठमाडौं । महानगरीय अपराध महाशाखाको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंह अाएका छन् ।

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत उनलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । साढे ३३ किलो सुनकाण्डमा लोहनीसहित प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी र प्रहरी नायब निरीक्षक (सर्इ) बालकृष्ण सञ्जेल प्रहरी मुख्यालय तानिएका थिए ।

वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई अपराध महाशाखामा पठाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुस् 

साढे ३३ केजी सुन प्रकरणः अपराध महाशाखाका प्रमुख लोहोनी हेडक्वाटर तानिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?