+

सलाहले ४१ औं गोल गरे तर, लिभरपुल बराबरीमा रोकियो

२०७५ वैशाख  ८ गते १९:२५ २०७५ वैशाख ८ गते १९:२५
सलाहले ४१ औं गोल गरे तर, लिभरपुल बराबरीमा रोकियो

८ वैशाख, काठमाडौं । मोहम्मद सलाहले सिजनको ४१ औं गोल गरेका छन् तर, उनको टिम लिभरपुलले पि्रमियर लिगको रेलिगेशन जोनमा रहेको वेष्टब्रोमसँग बराबरी खेलेको छ ।

खेलमा २-० ले पछि परेको वेष्टब्रोमले उत्कष्ट पुनरागमन गर्दै २-२ को बराबरी खेलेको हो ।

वेष्टब्रोमको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले चौथो मिनेटमा नै ड्यानी इन्ग्सको गोलबाट अग्रता लिएको थियो । ७२ औं मिनेटमा सलाहले गोल गरे ।

यो उनको सिजनको ४१ औं र पि्रमियर लिगमा ३१ औं गोल हो ।

तर, ७९ औं मिनेटमा लिभरमोरेले घरेलु टोलीका लागि गोल गरे । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा रोन्डनले गोल गर्दै टिमलाई हारबाट जोगाए ।

यद्यपि वेष्टब्रोमको रेलिगेशन खतरा टेको छैन । लिभरपुल ३५ खेलबाट ७१ अंकका सात तेस्रो स्थानमा छ भने पुछारमा रहेको वेष्टब्रोमको मात्र २५ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय