+
+

कसरी बढाउन सकिन्छ आत्मविश्वास ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १२ गते ८:०१

जीवन संघर्ष हो । संसारमा कमै मात्र मानिस होलान् जसले जीवनमा संघर्ष गर्नु नगरेको होस् । संघर्षले नै मानिसभित्र सुषुप्त रहेको आत्मविश्वास जगाउँछ । तसर्थ आत्मविश्वास जगाउने कारक हो संघर्ष । यसैगरी व्यक्तिमा निहित आत्मविश्वास नै संघर्षको प्रेरणा पनि हो ।

आत्मविश्वासलाई समयमै पहिचान गर्न सक्नेहरू जीवनयात्रामा हरेक बाधा-व्यवधान छिचोल्दै अघि बढ्छन् । नसक्नेहरू भने कुहिराको काग झैँ अलमलमा फस्छन्- अगाडि बढ्ने तर कसरी ?

कठिन समयमा आत्मविश्वासलाई पहिचान गर्ने व्यक्तिले नै सही अर्थमा जीवनलाई राम्ररी जिउन जान्दछ । हाम्रा वरपर ती व्यक्तिको कमी छैन जसका साथमा योग्यता र कौशल भएर पनि सफलता तिनबाट धेरै टाढा रहन्छ । यस्ता व्यक्ति मनबाट सुदृढ भएर पनि कठिन परिस्थितिमा कमजोर हुन पुग्छन् । त्यही जीवनमा विषम परिस्थितिहरूबाट पार लाग्ने उत्साहले नै व्यक्तिलाई उसको लक्ष्यसम्म उभ्याउँछ । तपाई आफ्नो खुबीहरूबाट राम्ररी परिचित हुनुहुन्छ र आत्मविश्वासका साथ अघि बढ्ने पनि सोच्नुहुन्छ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढ्ने पनि सोच्नुहुन्छ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढने पनि सोच्नु हुन्छ तर कठिन समयमा तयो विश्वासका अगाडि बढन सक्नुहुन्न भने तपाईले आफ्नो आत्मविश्वासको स्तर थाहा पाउनु आवश्यक छ ।

कसरी बढाउन सकिन्छ त आत्मविश्वास ? 

संकोचको त्याग

तपाई आफ्नो काममा निपुण हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्नो सहकर्मीहरूबाट कुराकानी गर्नबाट संकोच मान्नुहुन्छ । कसैसित घुलमिल हुनबाट डराउनुहुन्छ र मद्दत पूर्व धेरे सोच्नुहुन्छ भने तपाई पूर्ण रूपमा आत्मविश्वासी हुनुहुन्न । संकोची बानीले आत्मविश्सलाई धेरै हदसम्म कम गर्छ । सफलता प्राप्त गर्नका लागि आफ्नो काममा निपुण हुनु जति आवश्यक छ, त्यति नै अवाश्यक छ, अरूको साथ तालमेल बसाउनु । संकोची व्यक्तिका बारेमा प्रायः सबैले नकारात्मक सोच्छन् र उसबाट दूरी बनाउँछन् । यसकारण आत्मविश्वास बढाउन संकोच त्यागेर सबैलाई साथ लिई अघि बढ्नु आवश्यक छ ।

स्वयंको पक्ष लिनु

तपाईको सहकर्मी वा घरका अन्य सदस्य हरेक काम तपाईलाई दिएर निश्चिन्त हुन्छन् र तपाई केही नभिनिकन चुपचाप ती काम पूरा गर्नतिर अग्रसर हुनुहुन्छ भने तपाईं आफ्ना लागि स्टयाण्ड लिन जान्नुहुन्न । यस्तो स्वभावले आत्मविश्वास कम गर्छ । अरूको मद्दत गर्नु राम्रो हो तर स्वयंलाई नै नोक्सान पुर्‍याउनु वा आफ्ना लागि आवाज नउठाउनु भने अवगुण हो । यसबाट छुटकारा प्राप्त गर्नु अत्यावश्यक छ । जबसम्म अरूलाई कुनै कुरामा नाइँ भन्न सकिँदैन र आफू आप\mनो कुरामा अडिग रहन सकिँदैन त्यतिबेलासम्म आत्मविश्वास वृद्धि हुन सक्दैन ।

निडरता 

त्यसो त तपाई सबैसित राम्ररी प्रस्तुत हुनुहुन्छ र सबै काम राम्ररी गर्न पनि जान्नुहुन्छ तर जब कुनै काम एक्लैले गर्नुपर्ने हुन्छ, तब अगाडि बढ्न डराउनुहुन्छ । प्रत्येक कुरामा तपाईको अरू कसैको मद्दत चाहनुहुन्छ वा हरेक काम सोधेर वा मार्ग दर्शनप्राप्त भएपछि मात्र गर्नुहुन्छ । यो बानीले पनि तपाईमा आत्मविश्वासको स्तर कम भएको देखाउँछ । कुनै काम प्राप्त भएपछि नै आफू एक्लैले गर्न नसक्नु पनि अवगुण नै हो । यस्ता व्यक्तिको क्षमतालाई हरेकले शंकाको दृष्टिले हेर्छन् र कामका कुरा गर्दैनन् ।  जीवनमा अगाडि बढ्नका लागि स्वयंलाई प्रमाणित गर्नुपर्ने आवश्यकता रहन्छ । अतः आफूलाई प्रमाणित गरेर अघि बढ्नुपर्छ र आत्मविश्वासको स्तर बढाउने अवसर गुमाउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?