+
+

प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलब कति ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते २०:००

११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ ।

प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । प्रस्तावअनुसार गाउँपालिका अध्यक्षले मासिक ३१ हजार ५०० तलब पाउनेछन् भने १५ सय सञ्चार खर्च दिइनेछ ।

उपाध्यक्षलाई मासिक २७ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई समान २० हजार र सभाका सदस्यलाई ७ हजार तोकिएको छ ।

यस्तै नगरपाlmकाका मेयरलाई ३५ हजार, उपमेयरलाई ३१ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २२ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ ।

उपमहानगरका मेयरलाई ४१ हजार, उपमेयरलाई ३५ हजार तलब तोकिएको छ । यस्तै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २५ हजार र सभा सदस्यलाई ७ हजार मासिक सुविधा तोकिएको छ । भ्रमण भत्ता पनि तोकिएको छ ।

वीरगञ्ज महानगरका मेयरले ४३ हजार ५०० तलव पाउनेछन् भने उपमेयरले ४१ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २८ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुखले ४४ हजार, उपप्रमुखले ४२ हजार मासिक तलब पाउनेछन् ।

हेर्नुस् कसको तलब कति ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?