+
+

छोरा नपाएको भन्दै डोल्पाकी बिसरा श्रीमानबाट मरणासन्न हुनेगरी कुटिइन्

रासस रासस
२०७५ वैशाख २३ गते १३:३०

 २३ वैशाख, डोल्पा । ठूलीभेरी नगरपालिका-७ जुफालकी बिसरा रोकाय श्रीमान कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् ।

वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो ।

दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए ।

घाइते रोकायले उपचारपछि होस खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी प्रमुख कृष्णराज शर्माले बताए ।

गरिबी र अशिक्षाका कारणले गर्दा हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दै गएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?