+
+

मोदीसँग कोशी पीडितका लागि राहत र मुआब्जा मागिने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते १४:००

सप्तरी, २५ वैशाख । वैशाख २८ गते जनकपुर भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सप्तरीका कोशी पीडितका लागि राहत मागिने भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारमार्फत् भारतीय प्रधानमन्त्री मोदीसँग कोशी पीडितलाई समय सापेक्ष राहत र मुआब्जा माग गरिने जानकारी दिएको हो ।

कोशी व्यारेज निर्माण हुँदा जग्गा अधिग्रहण गरिए पनि हालसम्म राहत र मुआब्जा नदिइएको भन्दै पीडितले पटक पटक आन्दोलन गर्दै आएका छन् ।

यस्तै भारतकको निर्मली न्यौर जेपी लोहिया गेटसम्म रेल्वे रोड निर्माण गरिदिन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ठूला ठूला उद्योग स्थापना र व्यवस्थापन, जेपी लोहिया गजेन्द्रनारायण प्राविधिक विश्व विद्यालय निर्माणका लागि पहल गरिदिन पनि आग्रह गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।

हुलाकी मार्ग निर्माण, कोशी व्यारेज पुनःनिर्माण र मर्मत सम्भार, कुनौली राजविराज रुपनी गाईघाट (सगरमाथा मार्ग) निर्माण, सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्तार कंकालनी भगवती मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गरिदिन आग्रह गरिने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए ।

कृषियोग्य जमिन सिञ्चाइका लागि कोशी चतरा हाईड्याम्प (नहर) निर्माणका लागि प्रदेश सरकारमार्फत् भारतीय प्रधानमन्त्रीसँग आग्रह गरिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?