
३१ वैशाख, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माणको काम सुरु भएको छ ।
तीन वर्षअघि वैशाख १२ मा गएको भूकम्पका कारण ढलेको काष्ठमण्डपको सोमबारबाट निर्माण सुरु भएको हो ।
सोमबार बिहान पर्यटन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितिमा क्षमा पूजा गरेसँगै यसको निर्माण सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाले यसको निर्माण अघि बढाउन लागेको छ ।
महानगरपालिकाले यसको निर्माणको जिम्मा भने स्थानीय सहयोग समितिलाई दिइएको छ । जसले निर्माणका लागि आवश्यक सहयोग रकम जुटाउनेदेखि निर्माणको कामसमेत अघि बढाउनेछ ।
सहयोग समितिलाई निगरानी गर्न भने मेयरको नेतृत्वमा एक निर्देशक समिति समेत बनाइएको छ ।
पुरातत्व विभागकाअनुसार यसको पुनर्निर्माणका लागि झन्डै १९ करोड लाग्छ । नियमित रुपमा काम अघि बढ्ने हो भने आगामी २ वर्षभित्र यसको निर्माण सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4