+

विश्वकप टिकटमा धाँदली, फिफाले हाल्यो मुद्दा

२०७५ जेठ  २२ गते १९:१३ २०७५ जेठ २२ गते १९:१३
विश्वकप टिकटमा धाँदली, फिफाले हाल्यो मुद्दा

काठमाडौं । विश्वकप फुटबलको टिकट विक्रीमा धाँदली भएको आरोप लागेको छ ।

धादलीको आरोप लागेपछि टिकट बिक्री गर्ने वेबसाइट भियागोगोविरुद्ध विश्व फुटवलको नियामक निकाय फिफाले नै फौजदारी मुद्दा दायर गरेको छ ।

फुटबल समर्थकहरुबाट धेरै गुनासो आएपछि विश्व फुटबलको नियामक निकायले रसियामा हुन लागेको फुटबल महाकुम्भको पूर्वसन्ध्यामा यस्तो कदम चालेको हो ।

फिफाले यो विषयलाई महत्वको साथ हेरेको भन्दै समर्थकहरुको सुरक्षाका लागि अर्को सातादेखि सुरु हुने प्रतियोगितामा अनाधिकृत टिकट पुनः बिक्री रोक्ने बताएको छ ।

‘समर्थकहरुलाई सुरक्षा दिन र रुसमा हुने फिफा विश्वकप २०१८ मा हुने अनाधिकृत टिकट पुनर्बिक्रीलाई रोक्न फिफाले अनुचित प्रतिस्पर्धाको कानून उल्लंघन गरेको आरोपमा भियागोगो एजीलाई जेनेभास्थित सार्वजनिक अभियोजनकर्ताको कार्यालयमा फौजदारी मुद्दा दायर गरेको छ’ फिफाले आफ्नो विज्ञप्तीमा भनेको छ ।

फिफाका अनुसार पछिल्ला महिनाहरुमा व्यक्तिगत रुपमा, उपभोक्ता संरक्षण संस्था र बजारका अन्य खेलाडीहरुबाट भियागोगो एजीको अपारदर्शी र धोकापूर्ण व्यापारको बारेमा धेरै गुनासोहरू आएका थिए ।

भियागोगोविरुद्ध स्वीट्जरल्याण्डमा कम्पनीको अनुचित व्यापारको लागि मुद्दा दायर गरेका अन्य सम्बन्धित पक्षहरुसँगको सहकार्यमा फिफाले यो कदम चालेको जनाएको छ । ‘फिफाको खास उद्देश्य टिकटको दोस्रो बजार रोक्ने र समर्थकको सुरक्षालाई प्राथमिकता दिएर विश्वकपमा टिकटको मूल्यमा एकरुपता ल्याउने रहेको छ’ विज्ञप्तीमा जनाइएको छ ।

फिफाले युरोपियन फुटबल संघ -युइएफए) सँगको सहकार्यमा टिकटको अवैध पुनःबिक्रिलाई रोक्न काम गरिरहेको पनि बताएको छ । यसैगरि फिफाले भियागोगोसँग किनिएका सबै टिकटहरु पहिचान हुनासाथ रद्द गर्नेसमेत पुष्टि गरेको छ ।

‘भियागोगो लगायत अन्य अवैध वितरण च्यानलबाट किनिएका सबै टिकटहरु पहिचान हुनासाथ रद्द गरिनेछ । फिफालाई त्यस्ता टिकट लिएर रंगशालामा प्रवेश गर्न खोज्नेलाई रोक्ने अधिकार रहेको छ । विश्वकप २०१८ को दौरान फिफा र स्थानीय अधिकारीहरुले कडा जाँच गर्नेछन्’ फिफाले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय