+
+

डेढ करोड लगानीमा दार्चुलाका १७ विद्यालयमा पुस्तकालय

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १५:१५

२७ जेठ, दार्चुला । दार्चुला जिल्लाका १७ वटा सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण गरिएको छ । शिक्षा विभागको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा दार्चुलाका १७ ओटा माध्यमिक तहका विद्यालयमा पुस्तकालय निर्माण गरिएको हो ।

विद्यालय सिकाइको केन्द्र बनोस् भन्ने उद्देश्यले शिक्षा विभागको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न १७ विद्यालयमा पुस्तकालय निर्माण गरिएको विद्यालय शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयदेव महराले जानकारी दिए ।

शिक्षक, विद्यार्थी तथा अन्य व्यक्तिहरुले पनि अध्ययन गर्न पाउन् भन्ने उद्देश्यले पुस्तकालय निर्माण गरिएको हो । पुस्तकालय निर्माणका लागि विद्यालय छनौट गर्दा गत वर्षमा पुस्तकालय निर्माण कोटामा नपरेका लगायतका विभिन्न शिक्षा विभागको नियमका अधारमा विद्यालय छनौट गरी पुस्तकालय निर्माणका लागि बजेट वितरण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका विद्यालय निरीक्षक जयराज पन्तले बताए ।

एउटा विद्यालयमा पुस्तकालय निर्माणका लागि ६ लाख ५० हजारका दरले जिल्लाभरी १ करोढ १० लाख ५० हजार बजेट विनियोजन गरिएको छ । जिल्लाका १७ माध्यमिक तहसम्म पढाइ हुने सामुदायिक विद्यालयहरुमा उक्त बजेट विनियोजन गरिएको हो ।

ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यक्रम बाहेक पुस्तक अध्ययन गर्न झण्डै ५/६ घण्टाको बाटो हिँडेर नजिकको बजार क्षेत्रबाट किन्नु पर्ने बाध्यता रहेको थियो । विभिन्न विद्यालयहरुमा पुस्तकालय निर्माण गरिएसँगै विद्यार्थीहरुको सिकाइमा थप राहात मिलेको शिक्षकहरुको प्रतिक्रिया छ ।

शिक्षा आर्जन गर्न निर्धारित पाठ्यक्रमका पुस्तकहरुको अध्ययन गरेर मात्रै नहुने भएकाले अन्य विषय बस्तुका पुस्तकहरुको आबश्यक पर्ने भएकाले पुस्तकालय निर्माण गरिएसंगै शिक्षक विद्यार्थीहरुलाई ज्ञान हाँसिल गर्ने मौका मिलेको गणेश विनायक मावि सिप्टीका प्रधानाध्यापक राजेन्द्र महराले बताएका छन् ।

चालु आर्थिक आर्थिक वर्षमा जिल्लाका १७ ओटा माध्यामिक विद्यालयहरुमा पुस्तकालय निर्माण गरिएका हुन् । शिवालिङ्ग मावि पत्थरकाँडा, मावि रातामाटा, मावि बस्कोट, गणेश विनायक मावि सिप्टी, मावि थाप्ला, छन्ना तिंकरी मावि खलंगा, मालिकार्जुन मावि मड, लटीनाथ मावि रस्कोट, पशुपती भवन मावि ग्वानीमा पुस्तकालय निर्माण गरिएको हो ।

यस्तै सरस्वती मावि उकु, जनहित मावि धुलीगडा, दुर्गा भवानी मावि घोल्जर, मावि धौकोट, दुर्गास्थान मावि स्याकु, मावि बसेडी, गोकुलेश्वर मावि गोकुले र केदारनाथ मावि धरमघर लगायतका १७ वटा विद्यालयमा पुस्तकालय निर्माण गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयदेव महराले जानकारी दिए ।

शिक्षा विभागको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरग गत आर्थिक वर्षमा पनि दार्चुलामा १६ वटा विद्यालयमा पुस्तकालय निर्माण गरिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?