
१ असार, काभ्रे । बाढी र पहिरोका कारण बीपी राजमार्ग बन्द भएको छ । अविरलकाे वर्षाले खहरे खोलामा आएको लेदोले काभ्रेको रोशी गाउँपालिका–९, कालढुंगामा पहिरो खस्दा राजमार्गकाे अावागमन प्रभावित बनेकाे छ ।
पहिरोले दुईतर्फकै सडक अबरुद्ध हुँदा शुक्रबार बिहान पाँच बजेदेखि नै आवागमन ठप्प भएको छ । काठमाडौंबाट पूर्व जाने गाडीहरु र पूर्वबाट काठमाडौं भित्रिने गाडीहरु सडकमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।
प्रहरीले अबरुद्ध बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार, सडकमा आएको अवरोधबारे सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको छ भने प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4