+

टोफिचो जुनियर च्याम्पियन्स कपको उपाधि

२०७५ असार  १२ गते १४:४६ २०७५ असार १२ गते १४:४६
टोफिचो जुनियर च्याम्पियन्स कपको उपाधि


१२ असार, काठमाडौं । टोफिचो जुनियर च्याम्पियन्स कपको १२ बर्ष उमेर समूहबाट सम्पूर्ण प्रतिस्पर्धीलाई पछि छोड्दै रातो बङ्गलाले कपको उपाधि हात पारेको छ । शिवपुरि स्कुल १४ बर्ष उमेर समुहबाट टोफिचो जुनियर च्याम्पियन्स कपको उपाधि बिजेता बन्यो ।

टोफिचो जुनियर च्याम्पियन्स कपको फाइनल खेल आज ग्रासरुट फुटसल, मण्डिखाटारमा सम्पन्न भयो । यू-१२ को फाइनलमा रातो बङ्गलाले सहजतापूर्वक ३-१ को अन्तरले त्रिनेत्रलाई पराजित गर्दै उपाधि आफ्नो नाममा पार्‍यो ।

खेलको स्टार प्लेयर अफ द म्याचका विजेता रातो बङ्गलाका खेलाडि प्रणम्यले आफ्नो टोलीबाट अत्यन्तै आकर्षक खेल देखाए ।

सेमिफाइनलमा राजर्षी गुरुकुललाई रातो बङ्गलाले र त्रिनेत्रले साइपाललाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । तेस्रो उपाधिको लागि भएको खेलमा राजर्शि गुरुकुलले साइपाललाई ३-१ ले पराजित गर्‍यो ।

१४ बर्ष मुनिका खेलाडी समूहबाट फाइनलमा अत्यन्तै प्रतिभावान बुढानिलकण्ठ र जोसिला शिवपुरी एक अर्काबीच प्रतिस्पर्धामा उत्रिए र खेलमा शिवपुरीको जोशलाई सामाना गर्न बुढानिलकण्ठलाई हम्मे-हम्मे पर्‍यो । शिवपुरीले ५-२को अन्तरले बुढानिलकण्ठलाई पराजित गर्‍यो ।

फाइनल प्रवेशको लागि शिवपुरीले पि्रमियर इन्टरनेश्नल संग खेलेको थियो भने बुढानिलकण्ठ र इपीएसबीचको दमदार प्रतिस्पर्धामा बुढानिलकण्ठ अग्रपंक्तिमा उभियो । त्यसैगरी तेस्रो स्थानको उपाधि इपिएसले पि्रमियरलाई हराउँदै आफ्नो नाममा गर्‍यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय