अमेरिका । तेस्रो नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन) अमेरिकामा शुरु भएको छ । नेपाली कला, संस्कृति र पहिचान जोगाउन सम्मेलन आयोजना गरिएको हो ।
डीसीमा आयोजना गरिएको सम्मेलन जुन २९ देखि जुलाई १ सम्म चल्नेछ ।
सम्मेलनको शनिबार अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले उदघाटन गरे ।
राजदूत कार्कीले सम्मेलनमार्फत नेपाली कला र संस्कृतिको सम्बद्र्धन गरेको भन्दै प्रशंसा गरे ।
सम्मेलन उदघाटनमा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, ह्यारी भण्डारी, सगुनका कविन्द्र सिटौलालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, खेलाडीहरु र आमन्त्रित नेपाली समुदायको उपस्थिति थियो ।
सम्मेलनमा विभिन्न गायिका नलिना चित्रकारले प्रस्तुति दिएकी थिइन् । भर्जिनियास्थित नेपाली पाठशाला सेन्टरभिलका विद्यार्थीहरुको प्रस्तृति थप थ पदर्शनीय थियो ।
पहिलो चरणमा औपचारिक कार्यक्रम तथा दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएका छन् । त्यसका लागि नेपालबाट संगीत मण्डली कन्दरा ब्याण्ड अमेरिका आइपुगेको उसको भनाइ छ ।
सम्मेलनमा विभिन्न खेलकुद कार्यक्रमहरुसमेत भइरहेको छ ।
प्रतिक्रिया 4