+
+

इन्सेकले भन्यो-गोविन्द केसीको जीवन रक्षा गर

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २८ गते १२:३४

२८ असार, काठमाडाैं । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस विज्ञप्ति प्रकाशित गरी इन्सेकले डाक्टर केसीसँग वार्ता गर्न र वार्ताकै माध्यामबाट समस्याको समाधान खोज्नका लागि सरकार र आन्दोलनतरत पक्षको ध्यानाकर्षण गराएको हो ।

यसअघि १४ पटक आमरण अनसन बसिसकेका केसीको माग सम्बोधन गर्ने यसअघिका सम्झौता र सहमति पूरा नभएको केसी र उनका समर्थकहरुको आरोप छ ।

अनसनका कारण केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । डाक्टर केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?