३ साउन, काठमाडौं । फुटबल तथा क्रिकेटका विभिन्न प्रतियोगितामा सट्टेबाजी खेलाउँदै आएका नथमल अग्रवाल उर्फ नागराजलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले बिहीबार नागराजलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा लगिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।
भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका चर्चित सट्टेबाज नागराज ९ असारमा पक्राउ परेका थिए ।
प्रहरीले उनको साथबाट नगद ४ लाख ८० हजार रुपैयाँसहित ल्यापटप र अन्य कागजपत्रहरु समेत बरामद गरेको थियो ।
यो पनि पढ्नुस्
नेपालमा ‘सट्टेबाज’ को मास्टरमाइन्ड नागराजः सामान्य जुवाडेदेखि दाउदको एजेन्टसम्म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4