+

चेल्सीले म्यानचेस्टर सिटीलाई कडा टक्कर दिनेछ : साने

२०७५ साउन  ८ गते १५:४६ २०७५ साउन ८ गते १५:४६
चेल्सीले म्यानचेस्टर सिटीलाई कडा टक्कर दिनेछ : साने

८ साउन, काठमाडौं । गत सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन्स म्यानचेस्टर सिटीका फरवार्ड लेरोय सानेले आउँदो सिजनको उपाधि यात्रामा सिटीलाई चेल्सीको डर हुने बताएका छन् ।

लण्डनको क्लब चेल्सीले गत सिजन निराशाजनक प्रर्दशन गरेपछि इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गर्दै उनको स्थानमा इटालीकै माउरिसियो सारीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

सिटीका सानेले सारीको पूर्वक्लब नेपोलीविरुद्ध गत सिजनमा खेलेका दुई खेलबाट नै चेल्सीमा उनले राम्रो प्रभाव पार्ने अनुमान गरेका हुन् ।

‘चेल्सीले धेरै राम्रो प्रशिक्षक ल्याएको छ’ सानेले भने ।

‘नेपोलीले गत सिजनमा जसरी खेल्यो त्यो धेरै नै आकर्षक थियो । उनीहरु विरुद्ध खेल्दा हामीलाई धेरै गाह्रो भएको थियो,’ पि्रसिजन टुरमा अमेरिका आएका उनले भने, ‘उनीहरुलाई उनको रणनीति अनुसार खेल्न केही समय लाग्ला तर उनीहरु धेरै कडा टिमको रुपमा प्रस्तुत हुनेछन् ।’

आउँदो सिजनमा सिटीलाई उपाधि जोगाउन सबैभन्दा ठूलो खतरा कुन क्लबबाट छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मलाई लाग्छ चेल्सी ।’

सिटीले गत सिजन च्याम्पियन्स लिगको समूह चरणमा नेपोलीको सामना गर्दै होममा २-१ र अवेमा ४-२ को जित हासिल गरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय