+
+

‘हिमालय रोडिज’मा जब दियाले प्रतिस्पर्धीलाई कन्डम दिइन्(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १३:२३


हिमालय टेलिभिजनमा सोमबारदेखि चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को दोश्रो सिरिज सुरु भएको छ । बेलुकी साढे ८ बजे यो शो प्रशारण हुनेछ ।

पहिलो सिरिजबाट नै निकै चर्चा पाएको यो शोको दोश्रो सिरिजलाई पनि दर्शकले मन पराउने विश्वास शोका निर्माताको छ । शोको पहिलो भागमा यसका प्रतिस्पर्धीहरुसँगको रोचक खेल र प्रस्तुति हेर्न सकिन्छ । एक प्रतिस्पर्धीलाई निर्णायकमध्येकी एक दिया मास्केले नक्कली केरा र कन्डोम दिएकी छिन् । प्रतिस्पर्धीले टेलिभिजनमा कन्डोमको विज्ञापन आउँदा लाज लाग्ने र च्यानल नै परिवर्तन गर्ने बताएपछि उनलाई नक्कली केरा र कन्डोम दिइएको छ ।

यसपटक पनि ‘हिमालय रोडिज’मा निर्णायकको रुपमा आशिष राना, रेमनदास श्रेष्ठ र दीया मास्के छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?