+

ब्राजिलियन फुटबलर रोनाल्डो अस्पताल भर्ना

२०७५ साउन  २७ गते २१:१८ २०७५ साउन २७ गते २१:१८
ब्राजिलियन फुटबलर रोनाल्डो अस्पताल भर्ना

२७ साउन, काठमाडौं । ब्राजिलका विश्वकप विजेता रोनाल्डो अस्पताल भर्ना भएका छन् । ४१ वर्षीय पूर्व स्ट्राइकर रोनाल्डोलाई निमोनिया भएको छ र उनी इटेन्सिभ केयरमा छन् ।

अस्वस्थ भएपछि उनी शुक्रबार अस्पताल भर्ना भएका थिए । सोमबार डिचार्ज हुने अपेक्षा गरिएको रोनाल्डोले ट्वीटमा बताएका छन् ।

उनले ब्राजिलका लागि ६२ गोल गरेका छन्, जसमध्ये दुई २००२ को विश्वकपको फाइनलमा जर्मनीविरुद्ध गरेको गोल हो । रियल मड्रिडका साथै बार्सिलोना, इन्टर मिलान, एसी मिलानबाट खेलेका रोनाल्डोले सात वर्ष अघि फुटबल करियर अन्त्य गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय