+
+

राष्ट्र बैंकको कार्यालयमा प्रदेश गृहमन्त्रीले लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते १९:५५

१० भदौ, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् ।

प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री  आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।

प्रदेश सरकारको निर्णयलाई अटेरी गरे कानूनी उपचार समेत खोज्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?