२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हिरासतमा राखिएका खोजतलास डटकमका पत्रकार राजु बस्नेतलाई रिहा गर्न माग गरेका छन् ।
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ पर्नु दुखद भन्दै उनले यो घटना प्रेस स्वतन्त्रतामाथि बोलिएको धावा र ठाडो हस्तक्षेप भएको बताए । नेता कोइरालाले फरक विचार राखेको कारणले बस्नेतलाई सरकारले पक्राउ गरेको पनि आरोप लगाए ।
खोजतलास डटकममा प्रकाशित दृष्टि साप्ताहिकको एक समाचारको विषयमा प्रहरीले उक्त अनलाइनका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको थियो ।
‘हिरासतमा राखिएका पत्रकार बस्नेतको तत्काल रिहा नगरिए र स्वतन्त्र प्रेसमाथिको ज्यादती र उदण्डता नरोकिए सरकारले ठूलो मुल्य चुकाउनु पर्नेहुन्छ’ कोइरालाले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4