+
+

गोरखा अस्पतालमा शव चिस्यान केन्द्र निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ८ गते १२:३३

८ असोज, गोरखा । जिल्ला अस्पताल गोरखामा शव चिस्यान केन्द्र निर्माण भएको छ । श्रीपाली बस्न्यात समाजको आर्थिक सहयोगमा  केन्द्र निर्माण भएको हो ।

केन्द्रको सोमबार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका छन् ।

करिब १२ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको श्रीपाली बस्न्यात समाज जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष बिनोद बस्न्यातले बताए । ‘पोष्टमार्टमका लागि ल्याइएको शव बिशेष कारणवश एक दिन बढी राख्नुपर्‍यो भने गन्हाएर टोल नै दुर्गन्धित हुन्थ्यो,’ उनले भने, ‘त्यही समस्यालाई मध्यनजर गर्दै चिस्यान केन्द्र निर्माणमा सहयोग गरेका हौ ।’

उक्त चिस्यान केन्द्रमा एकैपटक ६ वटा शव राख्न मिल्ने उनको भनाइ छ । ‘अत्याधुनिक प्रविधि जोडेर चिस्यान केन्द्र बनाएका छौ,’ केन्द्र निर्माण समितिका संयोजक होम सिं बस्न्यातले भने, ‘जति समय शव राख्दा पनि अव गन्हाउने कुहिने केही हुँदैन ।’

चिस्यान केन्द्र निर्माण भएसँगै शव राख्नका लागि सहज हुने अस्पतालले जनाएको छ । ‘यस अघि चिस्यान केन्द्र थिएन, शव एक दुईदिन राखेपछि गन्हाइहाल्थ्यो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने, ‘अव यो समस्या हुदैन ।’ चिस्यान केन्द्रको भवन भित्र पोष्टमार्टमका लागी ठाउँ पनि निर्माण भएकाले थप सहज हुने उनले बताए ।

चिस्यान केन्द्रमा शव राखे वापत शुल्क लिने वा नलिने भन्ने कुरा अस्पताल विकास समितिले निर्णय गर्ने डा. तीवारीको भनाइ छ । ‘सकेसम्म अस्पतालले मेन्टेनेन्स खर्च व्यहोर्ने गरी निःशुल्क गर्ने भन्ने छ अब छिट्टै समितिको बैठक बसेर यसको निर्णय गर्छाै,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?