+

महिला विश्वकप क्रिकेटः उपाधि अष्ट्रेलियालाई, इंग्ल्यान्ड ८ विकेटले पराजित

२०७५ मंसिर  ९ गते ८:४७ २०७५ मंसिर ९ गते ८:४७
महिला विश्वकप क्रिकेटः उपाधि अष्ट्रेलियालाई, इंग्ल्यान्ड ८ विकेटले पराजित

९ मंसिर, काठमाडौं । आईसीसी टि-ट्वान्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

वेष्ट इन्डिजमा आज विहान भएको फाइनलमा इंग्ल्यान्डलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि कब्जा गरेको हो । १०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

अष्ट्रेलियाका लागि अश्लेइघ गार्डनरले अविजित ३३ र कप्तान मेग लनिङले अविजित २८ रन बनाएसँगै अष्ट्रेलियाले उपाधि जितेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमा १०५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ड्यानिली व्याटले रन बनाएकी थिइन् ।

बलिङतर्फ अष्ट्रेलियाकी अश्लेइघ गार्डनरले ३ विकेट लिएकी थिइन् ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय