चलचित्र ‘ड्रिम गर्ल’बाट उदाएकी नायिका हुन्, आश्मा गिरी । वेव सिरिजमा राम्रै नाम कमाएकी आश्मा यो चलचित्रबाट रजतपटमा उदाउने आशामा छिन् । ऋषिराज आचार्य निर्देशित यो चलचित्रमा आश्मालाई नायक आकाश श्रेष्ठले साथ दिएका छन् । आश्माकै वरिपरी घुमेको यो चलचित्रमा उनले काम कस्तो गरिन् होला ?
यो चलचित्रमा आश्मा आधुनिक यूवतीको भूमिकामा छिन् । धनाढ्य परिवारमा जन्मिएकी आश्मा बाबुले मायाले पालेकी छोरीको भूमिकामा छिन् । नयाँ भएपनि उनको अभिनय नयाँ लाग्दैन । चलचित्रमा अनुभव बटुलिसकेकी नायिकाले काम गरेको जस्तो अनुभव दर्शकलाई हुन्छ । तर, यसो भन्दैमा आश्मा परिपक्क भने देखिएकी छैनन् । उनले, अझै पनि धेरै कुरा सिक्न आवश्यक देखिएको छ ।
यी सुन्दर नायिकाले आफू चलचित्र क्षेत्रमा नै लामो समयसम्म काम गर्ने योजना बनाएकी छिन् । यसैले यो चलचित्रका लागि उनले खुबै मिहिनेत पनि गरेकी थिइन् । आश्माले दर्शकबाट पाएको प्रतिक्रियाले आफू अत्यन्तै उत्साहित भएको बताइन् । उनले, यो चलचित्रमा भएको कमीकमजोरी अर्को चलचित्रमा सुधार्ने समेत बताएकी छिन् ।
प्रतिक्रिया 4