११ मंसिर, काठमाडौं । केन्द्रीय कमिटी बैठकको माग गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
आफूहरुले उठाएका विषयलाई सचिवालयको एजेण्डा बनाउन र छिटो केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दैै केन्द्रीय सदस्यहरु खुमलटार पुगेका थिए । छलफलमा प्रचण्डले ज्ञापनपत्रमा उठाएका विषय पार्टी निर्माण प्रक्रियामा महत्वपूर्ण भएको भन्दै आवश्यक छलफल गर्ने आश्वासन दिएका छन् ।
‘यसैपनि हामी छलफल गर्नुपर्छ भन्नेमा पुगेका थियौं । तपाईहरुले उठाएका विषय महत्वपूर्ण छन् भन्नुभएको छ’ नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने ।
पार्टीमा पक्षपात भएको भन्ने नेताहरुको गुनासो सुनेपछि प्रचण्डले ‘पक्षपात हुन दिइनेछैन र विधि मापदण्ड अनुसार अघि बढ्ने प्रयास भइरहेको छ’ भनेका छन् ।
भेटमा नेताहरुले सचिवालय र स्थायी कमिटीको निर्णय पनि केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने भएकाले बैठक नबोलाइ धर नपाउने तर, निर्णय कार्यान्वयन भइसकेपछि मात्र बैठक बोलाउन परिपार्टी नबसाल्न खबरदारी गरेका छन् ।
प्रतिक्रिया 4