+

ए डिभिजन लिगः हिमालयन शेर्पा– मछिन्द्र र फ्रेन्ड्स–जाउलाखेल भिड्दै

२०७५ मंसिर  १२ गते ८:४० २०७५ मंसिर १२ गते ८:४०
ए डिभिजन लिगः हिमालयन शेर्पा– मछिन्द्र र फ्रेन्ड्स–जाउलाखेल भिड्दै

१२ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबसँग र फ्रेन्ड्स क्लबले जाउलाखेल युग क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज विहान ११ बजे हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हिमालयन शेर्पा क्लब लिगको पाँचौ स्थानमा रहेको छ भने उसले तीन खेलबाट ७ अंक बनाएको छ । तीन खेलबाट २ अंक मात्रै बनाउन सफल भएको छ ।

आजको खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा जितविहीन रहेको फ्रेन्ड्स क्लबले जाउलाखेल युथ क्लबको सामना गर्दैछ । लिगको पुछारमा फ्रेन्ड्स रहंदा १३औं स्थानमा जाउलाखेल रहेको छ । दुवै टिमले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय