१२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । हाल स्वास्थ्य बीमा २५ जिल्लामा मात्रै लागू छ ।
अब चाँडै नै देशभरका सबै जिल्लामा यो कार्यक्रम लागू हुने मन्त्री ज्ञवालीले बताए ।
गुल्मीको हुँगाकी मिर्गौला पीडित बालिका बन्दना भण्डारीलाई प्रवासी नेपालीले संकलन गरेर पठाएको सहयोग रकम बुधबार काठमाडौंमा हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले सो जानकारी दिएका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पैसा अभावले अकालमा कसैले ज्यान गुमाउनु नपर्ने उनको विश्वास छ ।
गुल्मी घर भई वैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेका खिम केसी र कुवेर लुइँटेलले मिर्गौला पीडित बन्दनाका लागिआर्थिक सहायता जुटाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4