+

नेपाल मिक्स टिममा उपविजेतामै सीमित

२०७५ मंसिर  १३ गते १७:४६ २०७५ मंसिर १३ गते १७:४६
नेपाल मिक्स टिममा उपविजेतामै सीमित

१३ मंसिर, काठमाडौं । भारतले दोस्रो दक्षिण एसियाली यु—२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम स्पर्धाको उपाधि जितेको छ ।

हलचोकस्थित एपीएफको कभर्डहलमा बिहीबार भएको फाइनलमा नेपाललाई ३—१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो । भारतसँग पराजित भएसँगै नेपालले उपविजेतामै चित्त बुझाएको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित गर्‍यो यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित गर्न सफल भयो ।

बेष्ट अफ फाइभको खेलमा पुरुष एकलमा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२, २१–१७ को सेटमा पराजित गरेका हुन् । अन्य खेलमा नेपालका खेलाडीहरुले लय समत्न सकेनन् ।

महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८, २१–५ ले पराजित भइन् । यस्तै पुरुष जोडीमा नविन र प्रिन्स दाहालको जोडीले भारतका बिष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१–१५, २१–१७ अंकको जित सुम्पे ।

अर्को खेलमा महिला जोडीतर्फ नेपालका जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टोसँग २१–५, २१–५ ले पराजित भए ।

नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको प्रतियोगितामा सहभागिता रहेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय