+

टोटनहृयामद्वारा लेष्टर सिटी पराजित

२०७५ मंसिर  २३ गते ६:३२ २०७५ मंसिर २३ गते ६:३२
टोटनहृयामद्वारा लेष्टर सिटी पराजित

२३ मंसिर, काठमडौं । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा टोटनहृयामले उसैको मैदानमा लेष्टरलाई २-० गोलअन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा सन हेउङ मिन र डेले अलीले गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा हेउङ मिनले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको टोटनहृयामले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको ५८औं मिनेटमा अलीले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टोटनहृयामले लेष्टर सिटीलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

जितपछि लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामले १६ खेलबाट ३६ अंक बनाएको छ । पराजित लेष्टरले भने १६ खेलबाट २२ अंक बनाएको छ ।

शनिबार राति नै भएका अन्य खेलमा बर्नलीले ब्रिगटोनलाई १-० गोलअन्तरले पराजित गर्दा कार्डिफ सिटीले साउथहृयाम्पटनलाई पनि १-० गोलले नै पराजित गरेको छ । त्यस्तै, वेष्ट हृयामले क्रिष्टल प्यालेसलाई ३-२ गोल पराजित गरेको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय