+

चौरजहारीमा कर्णाली प्रदेश कप टी-२० क्रिकेट प्रतियोगिता हुने

२०७५ पुष  ५ गते १८:५९ २०७५ पुष ५ गते १८:५९
चौरजहारीमा कर्णाली प्रदेश कप टी-२० क्रिकेट प्रतियोगिता हुने

५ पुस, रूकुम । रुकुम पश्चिमको चौरजहारीमा कर्णाली प्रदेश कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १० गतेदेखि चौरजहारी नगरपालिका-१ नाखिरामा सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ ।

कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्‍याउने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष दिपक बाँठाले बताए । उनका अनुसार प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा आयोजक रुकुमसहित सल्यान, सुर्खेत, कालीकोट, जुम्ला, जाजरकोट र डोल्पा गरी ७ वटा जिल्लाका टिमको सहभागिता हुने  निश्चित भएको छ ।

उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीसंगै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेशसभा सदस्य गोपाल शर्मालगायतको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई खाना, खाजा र बस्ने व्यवस्था आयोजकले नै गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय